काठमाडौं । नेकपा एमालेले शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो ।
आज छानिएका महाधिवेशन प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।
साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि कम्तिमा १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्। महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन्।
प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतस् आउनेछन्। भौगोलिक क्षेत्र, जनवर्गीय संगठनबाट निर्वाचित प्रतिनिधि आउनेछन्। पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिनेछ।
महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन्। ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ। यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया