स्विटजरल्याण्डसँग इटालीको बराबरी

लोकपथ
247
Shares

काठमाडौं । इटालीले विश्वकप फुटबलको युरोपेली छनोटमा स्विटजरल्याण्डसँग बराबरी खेलेको छ । शुक्रबार राति इटालीले समूह सीको खेलमा स्विटजरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीको नतिजासँगै इटाली विश्वकप छनोटको नजिक पुग्ने अवसर गुमाएको छ । खेलको ११ औं मिनेटमा स्विटजरल्याण्डका विडमारले अग्रता दिलाएका थिए ।

इटालीका जियोभानी डी लोरिन्जोले खेलको ३६ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

समूह सीमा इटाली र स्विटजरल्याण्डको समान १५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?