गण्डकीमा ४३ कोरोना सङ्क्रमित थपिए

लोकपथ
169
Shares

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार थपिनेमा कास्कीका २४, तनहुँका छ, स्याङ्जाका पाँच, बाग्लुङका तीन, म्याग्दी र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का दुई÷दुई, र पर्वतका एक जना रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७२ रहेको छ भने होम आइसोलेशनमा रहनेको सङ्ख्या ३११ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?