नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

लोकपथ
130
Shares

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गरेका छन् ।

पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरे । उक्त स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

“कर्णालीवासी र यहाँको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँको साथ सहयोग रहनेछ”, उनले भने, “यहाँहरूबीच आएका काम गर्ने अवसर पाउँदा मलाइ खुशी र गौरव लागेको छ ।” इतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उनको भनाइ थियो ।

नेपाल सरकारको यही कात्तिक २३ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेका थिए । नवनियुक्त तीनवटै प्रदेशका प्रमुखले कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?