धनगढी र ललितपुर राष्ट्रिय लिगका लागि छनोट

लोकपथ
63
Shares

काठमाडौं । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन । आज दिउँसो भएको दिनको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो ।

ललितपुरको जितमा कप्तान निर्मला विकले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले आकर्षक खेल खेलेका थिए । पहिलो हाफमा पछि परेपछि आक्रामक खेलेको कन्काईले केही राम्रा अवसर खेल अवधिमा सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो । जसको मूल्य कन्काई निकै ठूलो भयो ।

प्रतियोगिताअन्तर्गत आजै सम्पन्न दिनको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा गौरिगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै धनगढी पनि राष्ट्रिय लिगका लागि छनोट भएको छ । सुरुवातबाटनै दबाब दिएर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो दोस्रो हाफमा थप तीन गोल गर्दै ललितपुरसँगको भिड्न्त पक्का गरेको हो ।

३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । खेल सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?