प्रचण्डको सचिवालय हेरफेर, स्वकीय सचिवमा रमेश मल्ल

लोकपथ
336
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेरफेर भएको छ ।

प्रचण्डले अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका रमेश मल्ललाई स्वकीय सचिवको जिम्मेवारी दिइएको छ ।

यसअघिका स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज बनाइएको छ । भने प्रचण्डपुत्री गंगा दाहाललाई स्वकीय सचिव कायम नै राख्ने बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका मल्लले यसअघि पनि प्रचण्डको स्वकीय सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै प्रचण्डको प्रेस संयोजक रहेका विष्णु सापकोटा ‘जुगल’ लाई प्रेस संगठनको काममा लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?