काठमाडौँ : अागामी जुन १४ देखि जुलार्इ १५ सम्म रूसमा हुने विश्वकप फुटबल प्रतियोगिता खेल्न ब्राजिलले २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । ३२ राष्ट्रसँग हुने प्रतिष्पर्धामा ब्राजिलले छैंटाैं पटक उपाधि जित्ने प्रयास गर्नेछ ।
सोमबार घोषणा गरिएको टोलीका अधिकांश सदस्यहरू युरोपेली र अन्य देशका क्लबमा अनुबन्धित छन् । हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका नेयमार जुनियरको टीम ब्राजिलका लागि गोल रक्षकमा रोमाका एल्सियो, म्यानचेस्टर सिटीका एन्डरसन र कोरियनथेन्सका क्यासियोल छनाैट भएका छन् ।
यस्तै, फर्वार्डतर्फ नेयमार, सख्तर डोनेस्कका टाइसन र म्यानचेस्टर सिटीका ग्याब्रियल जेसुस लिभरपुलका रोबर्टो फिरमिन्हो कुद्नेछन् । डिफेन्डमा म्यानचेस्टर सिटीकै डानियालो, कोरियथेन्सका फेग्नर, रियल मड्रिडका मार्सेलो, पिएसजीका थियागो सिल्भा र माक्युएन्होस, इन्टरमिलानका मिरान्डा र जेर्मियोका पेड्रो गेरोमेल छानिएका छन्।
मिडिफिल्डरमा रियल मड्रिडका कासेमिरो, म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, बार्सिलोनाका पाउलिन्हो, सक्तर डोनेस्कका फ्रेड, बेइजिङ ग्युआनका रेनाटो अगुस्टो, चेल्सीका विलियन, युभेन्ट्सका डुग्लस कोस्टा र बार्सिलोनाका फिलिपे काउटिन्हो खेल्नेछन् । रसिया विश्वकपमा ब्राजिललार्इ यो पटक उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया