कोरोना : सक्रिय संक्रमितको संख्या ७ हजारमा झर्‍याे, हेर्नुहोस् पछिल्लो तथ्यांक

लोकपथ
84
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर ११ हजार ६६ जनाको परीक्षण गर्दा ३ सय ५५ जनामा पीसीआर र ४७ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटिरहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ७ हजार ८ सय ९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?