फेरि पनि दोहोरिँदै छ असारे विकास, पुँजीगत खर्च किन भएन ?

काठमाडौँ-तथ्यांकअनुसार चालू खर्च सन्तोषजनक अवस्थामा छ । तर, पुँजीगततर्फ भने आगामी दुई महिनामा ६० प्रतिशत रकम खर्च गर्नुपर्ने अवस्था छ । त्यसकारण चालू आवमा पनि असारे विकास मोडल नै दोहोरिनेछ । नेपालमा बजेट सक्नका लागि जेठ र असारमा धमाधम काम हुँदा कामको गुणस्तर र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ, नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छापिएको छ  ।
पूर्वअर्थसचिव शान्तराज सुवेदी नेपालमा पुँजीगत खर्च हुन नसक्नुको वास्तविक कारण पत्ता लगाउन ठूलै अनुसन्धानको आवश्यकता देख्छन् । ‘अर्थ मन्त्रालयबाट पुँजीगत खर्च कसरी बढाउन सकिन्छ भनेर हरसम्भव प्रयास भएको छ,’ उनले भने, ‘तर, त्यसले नतिजा देखिएन । अर्थ मन्त्रालयका अनुसार स्रोत यकिन नभईकनै बजेट विनियोजन गर्ने, कार्यान्वयनको पूर्वतयारीविना नै बजेट माग्ने र विनियोजन गर्ने प्रवृत्तिले समस्या निम्त्याएको हो । ठेक्कापट्टाको काम ढिला सुरु गर्ने, परियोजनामा अख्तियारी ढिला पठाउने, काम सम्पन्न भएकोमा पनि भुक्तानी ढिलो गर्ने प्रवृत्तिले पुँजीगत खर्च कम हुने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?