टर्कीमा कोरोनाको संक्रमण बढ्यो, एकैदिन २५ हजार संक्रमित

RSS
156
Shares

काठमाडौं । टर्कीमा कोरोना भाइरसको संक्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा त्यहाँ संक्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुकाअनुसार त्यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो संक्रमण देखिएको छ ।

त्यसैगरी त्यहाँ गएको २४ घन्टामा मृत्यु हुनेको संख्या पनि १९७ पुगेको छ । केही समयपछि त्यहाँ मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन बृद्धि हुदै गएको बताइएको छ । त्यहाँका अधिकारीहरुले टर्कीमा अहिलेसम्म यो संक्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् । टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो संक्रमण पुगेको छ ।

पछिल्ला केही हप्तामा युरोपमा सो संक्रमण बढ्दै गएको देखिएको छ । अहिले त्यहाँ संक्रमणको दर झन् बढेको अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपिल पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?