काठमाडौं । नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी बन्दुकधारीहरुबाट अपहरमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् ।
मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो संख्या गत अक्टोबर २९ देखि गत बिहीबारसम्मको हो ।राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गरे ।
सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया