अफगानिस्तान आतंकवादको सुरक्षित आश्रय हुन नदिन भारतको पहल

लोकपथ
441
Shares

नयाँ दिल्ली । तालिबानले कब्जा गरेको अफगानितस्तानलाई आतंकवादको सुरक्षित आश्रयस्थल बन्‍न नदिनका लागि भारतले पहल सुरु गरेको छ।

भारतले बुधबार आयोजना गरेको क्षेत्रीय सुरक्षा सम्मेलनमा पनि अफगानिस्तानलाई आतंकवादको सुरक्षित आश्रयस्थल नबन्‍ने सुनिश्चितताका लागि पहल गरेका हुन्।

भारतले अफगानिस्तानमा समावेशी सरकार बन्‍नुपर्नेमा पनि जोड दिएको छ । इरान, कजाकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान, तुर्केमेनिस्तान र उज्बेकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारहरु भारतमा जम्मा भएका थिए।

उनीहरुले अफगानिस्तानको बढ्दो सामाजिक तथा आर्थिक र मानवीय अवस्थाको विषयमा पनि छलफल गरेका छन्। यससँगै अफगानिस्तानमा तत्काल मानवीय सहायताको आवश्यकता भएको विषयमा पनि जोड दिएका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा तत्काल मानवीय सहायता गर्नका लागि पनि आठ राष्ट्रहरु प्रतिबद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?