नुवाकोट : नुवाकोटको तार्केश्वर गाउँपालिकालार्इ सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । यो सहित जिल्लाका ८ वटा स्थानीयतह खुल्ला दिशामुक्त क्षेत्र घोषित भएका छन् ।
गाउँपालिकामा रहेका सबै वडाका तीन हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांक छ । सोही तथ्यांकका अाधारमा प्रदेशशभा सदस्य हीरानाथ खतिवडाले गाउँपालिकालार्इ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सुझाव दिएका छन्।
यहाँ रहेका १२ मध्ये बाँकी चार स्थानीयतहलाई आगामी जेठ ८ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया