एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

लोकपथ
663
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन् ।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराएका थिए। एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ ।

महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन । त्यसका लागि भोली (शनिबार) देशभर प्रतिनिधि चयन हुँदैछ । अहिले पत्रकार सम्मेलन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?