सर्लाहीमा कांग्रेसको क्रियाशील विवाद उस्तै, निर्वाचन अधिकृतले दिए राजीनामा (पत्रसहित)

लोकपथ
143
Shares

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार (आज) कार्कीले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै राजीनामा दिएको जानकारी गराएका हुन् ।

उनले आफूले पाएको जिम्मेवारी अनुसार जिल्ला (सर्लाही) गएको र त्यहाँ दुई पक्षबीच विवाद कायम रहेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तरगत सर्लाही जिल्लाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ जिल्ला निर्वाचन अधिकृत नियुक्त गरिएकोमा सम्बन्धित जिल्लामा पुगी सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडी बढाउन खोजेकोमा जिल्ला पक्षहरुबीच सहमती नजुटी निर्वाचन हुने वातावरण नभएकाले यसमा व्यक्तिगत जिम्मेवारी लिई जिल्ला निर्वाचन अधिकृतको पदबाट आजैका मितिबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु । ’ पत्रमा भनिएको छ ।

प्रदेश नं २ का बारासहित अन्य जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?