काठमाडौं । काठमाडौं र पोखरामा गरी दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ कपन गरी बस्ने खोटाङ दिप्रङ गाउँपालिका-६ घर भएका करिब ३८ वर्षीय मेघराज राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-१ गाईघाट जाने कच्ची बाटो नजिक सोही महानगरापलिका-३ नदीपुर बस्ने २८ वर्षीय अमन परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाको सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया