प्रधानन्यायाधीशले तोके आफूबाहेकको इजलास

लोकपथ
77
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा रोक्ने भएपछि वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका थिए ।

वैकल्पिक बाटोबाट प्रवेश गरेका प्रन्याले आठवटा इजलासमा पेसी तोकेकोमा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीशले मन्त्रीमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आइरहेका छन् ।

सर्वोच्चमा यही कार्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ नभए पनि बीच–बीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

सर्वोच्चमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ नभएर न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । अदालत परिसरमा नेपाल बार एसाेसिएसनको धर्नाका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।

१५ जना न्यायाधीशको लागि ८ वटा इजलास तोकिए पनि प्रधानन्यायाधीश राणाले आफ्नो भागमा भने कुनै इजलास तोकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?