शुक्रबार पनि बढ्यो सुनको मूल्य

लोकपथ
156
Shares

काठमाडौं । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४०० रूपैयाँले उकालो लागेर ९४ हजार ४०० रूपैयाँ कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा १५ रूपैयाँले उकालो लागेर एक हजार २८५ रूपैयाँ तोकिएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?