कुन देशकाे विनिमयदर कति छ ? हेर्नुहाेस् सूचीसहित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यता मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५९ पैसा साथै बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१६ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?