प्रधानन्यायाधीश राणा वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च प्रवेश

लोकपथ
308
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

कानुन व्यवसायीहरुले मूल गेटमा उनलाई रोक्न आन्दोलन जारी राखेका बेला अर्कै गेट प्रयोग गरी साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।

कानुन व्यवसायीहरुले हुलदंगा गरेपछि प्रधानन्यायाधीश राणा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेको आन्दोलनमा सहभागी एक अधिवक्ताले लोकपथलाई जानकारी दिए ।

‘प्रधानन्यायाधीश राणा अर्को गेटबाट साइरन बजाउँदै चोरबाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्’, उनले भने ।

उनका अनुसार प्रधानन्यायाधीश राणा केही बेरअघि १०ः५५ बजे महान्यायाधीवक्ताको कार्यालयको गेटबाट प्रवेश गरेका हुन् । यता नेपाल बार एसोसियसनको अगुवाइमा मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना जारी राखेका छन् ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई मूल गेटमै रोक्ने भएपछि शुक्रबार बिहानैबाट सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?