दुवै खुट्टा नभएका चिनियाँ आरोही सगरमाथाको  शिखरमा

काठमाडौँ- आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । 

सगरमाथा आधार शिविरमा रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् । 

“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भने  । 

अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् । 

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेकेका छन्   । 

इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गरेका  चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा थिए  । उउनीसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गरेका हुन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?