काठमाडौं । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्चको गेटमै रोक्न कानुन व्यवसायीहरुले आन्दोलन तय गरेसँगै त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
शुक्रबार बिहानै महान्यायाधीवक्ताको कार्यालयबाट नेपाल बार एसोसियसन जाने भित्रि ढोकासमेत बन्द गरिएको छ । त्यस्तै प्रधानन्यायाधीश राणा प्रवेश गर्ने गेटमा समेत ताला लगाइएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाल बारको अगुवाइमा ठूलो संख्यामा कानुन व्यवसायीहरु विभिन्न नारा लेखिएका पर्चा पम्पलेटसहित सर्वोच्च परिसरमा उपस्थित भएका छन् । आन्दोलनका लागि पुगेका कानुन व्यवसायीहरुले ‘न्यायपालिकामा राजनैतिक हस्तक्षेप बन्द गर’, ‘विचौलियालाई कारबाही गर’ लगायतका नाराहरु लेखिएको पर्चा र पम्पलेटसहित सर्वोच्च परिसरमा उपस्थित भएका छन् ।
न्यायालय सुधारको मागसहित गत कार्तिक १५ देखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीश राणाविरुद्ध नाराबाजी गरिरहेका छन् । यसअघि बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्न पुगेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ६ कानुन व्यवसायीहरु घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया