नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।
उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो ।
सो भेटमा उपसभापति निधीले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगको उच्च प्रसंशा गरेका थिए। सहयोगका लागि धन्यवाद दिँदै उनले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए ।
जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया