प्रधानसेनापति प्रभुराम शर्माद्वारा भारतीय अधिकारीहरुसँग भेट

लोकपथ
112
Shares

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार भारतीय अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

शर्मा भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका हुन् ।

उक्त शिष्टाचार भेट पश्चात आज नै प्रधान सेनापति महारथी शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गरेको नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उक्त अवसरमा उनलाई सम्मानित समेत गरिएको थियो । शर्माले सन २०१३ मा उक्त कलेजबाट नेशनल डिफेन्स कोर्स गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?