१ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भ्रष्टका नाइके भएका नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको आरोप, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग
२ राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर आजबाट राष्ट्रिय जनगणना २०७८ सुरु, गणकहरू घर–घर पुगे, प्रत्येक घरमा ८० वटा प्रश्न सोधिने
३ इजलास नै नबसी सर्वोच्च अदालतबाट बाहिरिए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका जबरा सुनुवाइ नगरी फर्किए
४ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ग¥यो कार्तिक ३० गते नेपाल बन्दको घोषणा, सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग
५ भोलि सर्वाेच्चको बेन्च बहिस्कार गर्ने नेपाल बार एसोसियसनको घोषणा, आन्दोलनको क्रममा कानुन व्यवसायीमाथि धरपकड हुँदा आधा दर्जन कानुन व्यवसायीहरू घाइते
६ मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी, मूल्यवृद्धिले सेवाग्राही र सबै जनतामा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग
७ १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीको दाबी, एमालेका शीर्ष नेताहरूद्वारा महाधिवेशनस्थलको निरीक्षण
८ कोरोना कहरका कारण लगाइएको निषेधाज्ञाका कारण प्रभावित अति विपन्न वर्गलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने अर्थमन्त्री जनार्दन शर्माको घोषणा, आवेदन दिन अर्थ मन्त्रालयद्वारा सार्वजनिक रूपमा आह्वान
९ राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रदेशप्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ, प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीले लिए शपथ
१० पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ६ सय ५३ परीक्षणमा थप ३ सय १७ जनामा कोराना संक्रमण पुष्टि, २७९ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु
११ निरन्तर ओरालो यात्रामा नेपाली सेयर बजार, नेप्से परिसूचक ५९ अंकले घट्दा कारोबार रकम ५ अर्बमा खुम्चियो
१२ अमेरिकी विशेष दूत र तालिबान विदेश मन्त्रीबीच पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता, सत्ता कब्जा गरेर अन्तरिम सरकार गठन गरेपछि तालिबान सरकारको पहिलो विदेश भ्रमण
१३ जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्र संघद्वारा स्वागत, धनी देशहरूले गरिब राष्ट्रका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने
१४ आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै, आजको विजेता टोलीले फाइनलमा न्युजिल्याण्डसँग भिड्ने
१५ र, पीसीआर रिपोर्ट नहुँदा नेपाली महिला क्रिकेट टिम बंगलादेशको विमानस्थल छिर्न पाएनन्, क्यानको कमजोर व्यवस्थापनका कारण विमान छुटेपछि टोली स्थलमार्गबाट स्वदेश फर्कँदै ।
https://www.facebook.com/lokpath/videos/1014952249081455
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया