सुत्दा सिरानी कुन दिशातर्फ गर्दा राम्रो हुन्छ ?

लोकपथ
2.7k
Shares

सनातन परम्पराले जीवनका केही क्रियाकलापलाई व्यवस्थित गर्न धेरै किसिमका प्रयासहरू गरेका छन् ।

दैनिक दिनचर्या, रीति–रिवाज, कर्म संस्कार जस्ता क्रियाकलापले समाजलाई व्यवस्थित र मर्यादित बनाएको छ । योबाहेक वास्तु शास्त्रले पनि हाम्रो दैनिक जीवनलाई व्यवस्थित गर्ने प्रयास गरेको छ ।

वास्तुशास्त्रकै एक नियमले सही ढङ्गले सुत्ने दिशाको पनि व्याख्या गरेको छ । शास्त्रअनुसार सही दिशाको छनोट गरेर सिरानी राख्ने र पैताला फर्किने दिशा मिल्नुपर्छ भनिएको छ ।

सुत्दा सधैँ आफ्नो सिरानी कुन दिशातर्फ फर्किएको छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सुत्दा उत्तर र पश्चिम सिरानी गरेर सुत्दा शरीरभित्र नकारात्मक भावको विकास हुन्छ, जसको कारण उक्त व्यक्तिलाई बढी तनाव हुने गर्छ । त्यसैले सुत्दा सधैँ पूर्व वा दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु पर्छ ।

वास्तु नियमअनुसार पूर्व र दक्षिणतर्फ पैताला फर्काएर सुतेमा उक्त व्यक्तिलाई धेरै किसिमको मानसिक समस्याहरू हुन्छ भनिएको छ । त्यसैले सुत्दा पश्चिम र दक्षिण दिशातर्फ पैताला फर्काउनु हुँदैन ।

दक्षिण दिशातर्फ पैताला फर्काएर सुतेमा उक्त व्यक्तिलाई रोगब्याधी हुने प्रबल सम्भावना रहन्छ । यस्तै उक्त व्यक्तिमा स्मरण क्षमतामा समेत कमी आउने गर्छ । वास्तु शास्त्रअनुसार दक्षिण दिशामा यम र दुष्ट देवहरूको निवास रहेको हुन्छ ।

चारमयुख पुस्तकको अनुसार दक्षिण दिशामा पैताला फर्काएर सुत्ने व्यक्तिलाई शान्ति, शरीर स्वस्थे नहुनुका साथै धन प्राप्ति र दीर्घायु हुँदैन भनिएको छ । यस्तै पूर्वदिशामा पैताला फर्काएर सुत्ने व्यक्तिमा भित्री रूपमा कुनै न कुनै किसिमको चिन्ता भइरहेको हुन्छ । पश्चिमतर्फ पैताला फर्काएर सुत्ने व्यक्ति विद्यार्थी भएमा उसले विद्यामा राम्रो सफलता हात पार्न सक्छ ।

तपाईँ हामी सबैलाई थाहा छ विश्व र जीवन सधैँ पूर्व दिशाबाट पश्चिमतर्फ गइरहेको हुन्छ । सूर्य पनि पूर्वबाट उदाएर पश्चिम दिशामा अस्ताउने गर्छ । जसको कारण ऊर्जा प्रवाह भएको उल्टो दिशामा सुत्नु राम्रो मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?