काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ ।
विरोध कार्यक्रममा संक्षिप्त बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसि लामिछानेले मूल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताए । उनले १२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने– ‘हिजो मात्रै जसरी जनतामारा निर्णय गरेको छ । यो पछिल्लो समय भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनको लागि म अनेरास्ववियुको तर्फबाट सरकारलाई अल्टिमेटम दिन चाहन्छु, यो मुल्यवृद्धि १२ घण्टाभित्र फिर्ता भएन भने हामीले काउनडाउन गरेर यो सरकारकै बहिर्गमनको लागि आन्दोलन गर्नेछौँ । र सरकारको समेत दिनगन्ती सुरु हुनेछ ।’

विरोध कार्यक्रममा परमादेशी सरकार राजीनामा दे, नाफाघाटा जान्दैनौँ मूल्यवृद्धि मान्दैनौँलगायतको नाराबाजी समेत गरिएको थियो । नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्यवृद्धि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया