२८ गतेभित्र शुल्क नबुझाउनेको सदस्यता खारेज गर्ने राप्रपाको निर्णय

लोकपथ
377
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय अध्यक्षत्रयहरुको बैठकले गरेको छ ।

सचिवालयले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते भित्र गर्ने निर्णय पनि भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

बैठकले सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । राप्रपाले आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?