काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।
आज नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन र नलिएमा आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुनेछौँ’, जारी विज्ञप्तिमा भनिएको छ ।
लामो समयदेखि कोभिडको मारमा परेका जनताहरुलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप अफ्ठ्यारो पार्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु तथा सत्तापक्षकै विद्यार्थी संगठनले समेत मूल्य वृद्धि फिर्ताको माग गर्दै आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया