देशभर ३१७ जनामा कोरोना संक्रमण पुष्टि, हेर्नुहोस् पछिल्लो तथ्यांक

लोकपथ
91
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको १२ हजार ६५३ जनाको नमूना परीक्षण गर्दा ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ जना र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा २७९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ७ हजार ५३५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?