मोदी फर्किनेबित्तिकै ढल्यो जानकरी मन्दिरको पर्खाल, के हो बास्तविकता ?

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरको दर्शन गरेर स्वदेश फर्किएसँगै मन्दीको पर्खाल ढल्न पुगेको छ ।  सोमबार बिहान आएको हावाहुरीले जानकी मन्दिरको बाहिरी पर्खाल भत्काएको बताइएको छ । 

तीव्र गतिमा आएको हुरीले मन्दिर परिसरमा पूर्वतर्फ लगाइएको पर्खाल भत्काएको बताइएको छ । 

पर्खाललाई आड बनाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार भएको जनकपुर भ्रमणमा उनको स्वागतका लागि  ठूलाठूला फ्लेक्सहरु लगाइएका थिए । हावाले सो फ्लेक्स थाम्न नसरी पर्खाल ढल्न पुगेको बताइएको छ । 

भारतीय प्रधानमन्त्रीको भ्रमणका लागि गतसाता मात्रै मन्दिरको चारैतिर सरसफाइ गरी पर्खालहरुमा केसरीया रंगले रंगाइएको थियो ।  हावासँगै चिटिक्क पारिएको जानकरी मन्दिर  परिसर पुन कुरुप बनन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?