उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक विवरण संकलन

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ ।

बिहीबार राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उनीसहित परिवारको विवरण संकलन गरेको हो ।

‘नेपालको राष्ट्रिय जनगणना २०७८’ आज (बिहीवार) बाट औपचारिक रुपमा सुरु भएसँगै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण शंकलन गरेको हो । आजबाट देशभर शुरु भएको १२ औँ जनगणनामा ८० वटा प्रश्नहरु समावेश गरिएको छ ।

देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना शुरु गरेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?