बलिउडका यी ४ सुपरस्टार जसले ‘फ्लप फिल्म’ दिने रेकर्ड बनाइसकेका छन्

काठमाडौं । बलिउडमा वर्षेनी सयौं फिल्म रिलिज हुन्छन् । सबै फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने हुन्न । कोहीले कमाईको हिसाबले धेरै रेकर्ड तोड्छन् त कोहीले लगानीसम्म पनि उठाउदैनन् ।

ठूला कलाकारका फिल्महरू पनि बक्स अफिसमा फ्लप हुने गरेका छन् । बलिउडमा यस्ता धेरै ठूला नामहरु छन् जसले ब्लकबस्टर फिल्म पनि दिएका छन् ।

बलिउडमा सबैभन्दा धेरै फ्लप फिल्म दिने कीर्तिमान रहेका कलाकारहरुको बारेमा आज चर्चा गर्दै छौं ।

यस्ता कलाकारमा उद्योगका तीन ठूला खानको नाम पनि समावेश छ । खान कलाकारहरु बाहेक यस लिस्टमा बलिउडका धेरै ठूला कलाकारहरु छन् ।

सलमान खान : 

सलमान खान

फ्लप फिल्म दिने नाममा बलिउडका भाईजान सलमान खानको पनि नाम छ । सलमानले आफ्नो करियरमा १३९ भन्दा बढी फिल्ममा काम गरेका छन् । यस लिस्टमा सलमानका धेरै हिट फिल्म छन् र फ्लप फिल्म पनि यो लिस्टमा परेका छन् । सलमानको नाममा २९ भन्दा बढी फ्लप फिल्म रहेका छन् ।

अजय देवगन :

अजय देवगन

अजय देवगन बलिउडको एक ठूलो नाम हो जसले ९० को दशकदेखि आफ्ना फिल्महरू मार्फत मानिसहरूलाई मनोरञ्जन दिइरहेका छन्। उनले आफ्नो करियरमा १३१ भन्दा बढी चलचित्रमा काम गरेका छन् । जसमा सिंघम, गोलमाल, तानाजी जस्ता धेरै ठूला हिट फिल्महरू दिएका छन्। तर अजय देवगनले अहिलेसम्म २८ फ्लप फिल्म दिएका छन् ।

शाहरुख खान :

शाहरुख खान

शाहरुखलाई बलिउडमा किङ खान भनिन्छ । शाहरुखले अहिलेसम्म १०८ भन्दा बढी फिल्म गरिसकेका छन् । शाहरुख एक मात्र स्टार हुन् जसले ब्याक टू ब्याक १० हिट दिएका छन् । तर, योसँगै शाहरुख खानको नाममा २१ भन्दा बढी फ्लप फिल्म पनि दर्ता भएका छन् ।

आमिर खान : 

आमिर खान

बलिउडमा आमिरलाई मिस्टर परफेक्शनिस्ट भनिन्छ । उनले आफ्नो फिल्ममा पूर्णता दिने गरेको बताइएको छ । यही कारणले बलिउडका सबैभन्दा हिट फिल्ममा उनको नाम छ । दंगल होस् या गजनी । तर, योसँगै उनको नाम फ्लप फिल्म दिनेमा पनि जोडिएको छ । आमिरले आफ्नो करियरमा १७ भन्दा बढी फिल्महरू दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?