मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी (विज्ञप्तिसहित)

लोकपथ
507
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

बिहीबार (आज) एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएकी छिन् ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी अनेरास्ववियुले मूल्यवृद्धिविरुद्ध देशैभरिका आफ्ना नेता कार्यकर्ताहरुलाई आन्दोलनमा उत्रन आह्वान गरेको छ ।

नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?