इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

लोकपथ
130
Shares

इन्डोनेसिया । इन्डोनेसियामा बिहिबार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार बिहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?