काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। विप्लव समूहले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनसँगै कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।
महासचिव चन्दले बिहीबार एक वक्तव्य जारी गर्दै नेपाल बन्दको घोषणा गरेका हुन्। कार्तिक २४ गेतबाट पाँच दिनसम्म विभिन्न आन्दोलन गरेपछि ३० गते नेपाल बन्द गर्ने वक्तव्यमा उल्लेख छ।
२५ गते दिउँसो देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचारप्रसार तथा मसाल जुलुस, २७ गते देशभर एक घण्टा विरोध प्रदर्शन, २८ गते चक्का जाम, २९ गते सिठ्ठी र मसाल जुलुस गर्दै ३० गते नेपाल बन्दको घोषणा गरिएको हो।
वक्तव्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया