प्रदेश सांसद हरिशरण लामिछानेको उपचारका क्रममा निधन

भक्तपुर । प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको निधन भएको छ । 

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचाररत उनको सोमबार दिउँसो १ बजे मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?