लक्ष्मी बैंक र सुर्योदय लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

लोकपथ
741
Shares

काठमाडौं । लक्ष्मी बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका हुन् ।

जसअनुसार लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् । बैंकको आज (बिहिबार) बिहान ८:३० बजे संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

त्यसैगरी, सुर्योदय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस दिने भएको हो ।

दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात कार्यान्यनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?