काठमाडौं । अरुण–३ सम्झौताबारे माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रश्न उठाएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद भुसालले आरुण–३ को सम्झौता संविधान विपरीत भएको भन्दै प्रश्न उठाएकी हुन् ।
भारती प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण रहेका बेला अरुण–३ जलविद्युत आयोजनाको शिलान्यास गरिएको थियो । काठमाडौंको द्वारिकाज होटेलमा स्विच थिचेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजनाको शिलान्यास गरेका थिए ।
प्रधानमन्त्री ओलीले समकक्षी मोदीको नेपाल भ्रमण बारे आइतबार संघीय संसदलाई जानकारी गराएका थिए ।
त्यस्तै सांसद प्रवक्ता भुसालले प्राकृतिक स्रोत साधनबारे सन्धि सम्झौता गर्दा प्रतिनिधि सभाको दुईतिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुका साथै नेपाल–भारतबीच रहेका समस्याको निवारण नभएको बताइन् ।
त्यस्तै दुई दिने मोदी भ्रमणका क्रममा नेपाल सिमानामा बढ्दो विवाद, बाढी डुवानमा समस्याका सथौ विराटनगरमा रहेको भारतीय महाशाणिज्यदूतको कार्यालय हटाउने लगायतका समस्याबारे नेपाल सरकार मौन रहेको बताइन् ।
मोदीको नेपाल भ्रमणमा भएका उपलब्धिबारे प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदलाई जानकारी गराएका थिएा । सोही विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया