तास खेलिरहेका ६ जना जुवाडे पक्राउ

लोकपथ
448
Shares

काठमाडौं । मोरङमा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-१६ भट्टी मोड बस्ने लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ बस्ने ४३ वर्षीय वसन्त राईसमेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?