बोरामा लुकाई ल्याउँदै गरेको १५ किलो चरेससहित ४ जना पक्राउ

लोकपथ
195
Shares

काठमाडौं । गोरखामा १५ किलो अवैध लागुऔषध चरेससहित ४ जना पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागुऔषध चरेससहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लालबहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रविण श्रेष्ठ रहेका छन् ।

बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा.२० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त चरेससहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?