गृहमन्त्रीले नै भने– देश माफिया र तस्करको हातमा छ

कास्की  ।  सरकारको सुरक्षाको समग्र जिम्मेवारी सम्हालेका मन्त्रीले नै देश तस्कर र माफियाले चलाएको बताएका छन् । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैंले देश माफिया, ठेकेदार र तस्करको हातमा रहेको बताएका हुन् । 

पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, –देशको अर्थतन्त्र ठेकेदारको हातमा छ जसले अर्बौंको राजश्व छलि गरेका छन्, । ‘देश तस्करको हातमा छ जसले तस्करी गरिरहेका छन् ।’

देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताए । 

विकासको अर्को वाधक लागूपदार्थ रहेको भन्दै उखनले  लागू पदार्थको करोबारले देशका कर्णधारहरुको भविष्य दलदलमा फस्दै गएको समेत बताए । 

लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको प्रदेश ४ को सुरक्षा गोष्ठीमा छलफल भएको थापाले बताए 
यस्तै थापाले स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्न समेत सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?