बारका अध्यक्ष श्रेष्ठको आक्रोश : ‘भ्रष्टका नाइके प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’

काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेका छन् ।

आज प्रधानन्यायाधीश राणाविरुद्ध भएको आन्दोलनमा सहभागीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले राणालाई भ्रष्टका नाइके भएको आरोप समेत लगाएका छन् ।

विवादरहित प्रधानन्यायाधीश नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै श्रेष्ठले भने, ‘विचौलियाको संरक्षक भ्रष्टका नाइके प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ । जबसम्म विवादरहित प्रन्या आउँदैनन् तबसम्म आन्दोलन जारी रहन्छ । नागरिक समाज पनि आन्दोलनमा आइसक्यो ।’

त्यस्तै न्यायालय सुधारको लागि बाधक भएकाहरुको सम्पत्ती समेत छानविन गर्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन् । त्यसैगरी न्यायालय विवादविरुद्धको आन्दोलनमा राजनीतिक दलहरु समेत आउनुपर्ने बताएका छन् ।

‘न्यायालय सुधारको लागि जो जो बाधक हुन्छन् । तिनिहरुको सम्पत्ति छानबिन हुन्छ । दलहरु यस अभियानमा नआइ सुख छैन । बारले आफ्नै आँगनमा कार्यक्रम गर्दा प्रशासन लगाएर विथिल्ने । बिचौलियाको नाइके हो ।’ उनले भने ।

बिहीबार आन्दोलनका लागि पुगेका कानुन व्यवसायी र प्रहरीबीच लफडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?