बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?

लोकपथ
390
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । उनले माओवादी केन्द्र र कांग्रेसका एक–एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र काँग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसअघि जम्कट्टेल एमाले नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?