काठमाडौं । बिहीबार (आज) सर्वोच्च अदालतमा कानुन व्यवसायी र प्रहरीबीच लफडा भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नाराबाजी गर्न सर्वोच्च पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हटाउन खोज्दा हुलदंगा भएको हो ।
प्रहरी र कानुन व्यवसायीबीच ठेलाठेल हुँदा केही कानुन व्यवसायीहरु घाइते समेत भएको नेपाल बार एसोसिएसनका पुर्व उपाध्यक्ष टीकाराम भट्टराई ले जानकारी दिए ।
ठेलमठेल हुँदा बार एसोसियसनका महासचिव लीलामणि पौडेल, बारका पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, बारका केन्द्रीय सदस्य रमन कर्ण
उच्च बार पाटनका सादस्य मुकुन्द भट्टराई लगायत सामान्य घाइते हुन पुगेका छन् ।
न्यायालयमा राजनीतिकरण भएको भन्दै नेपाल बारसहित कानुन व्यवसायीहरु गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेका छन् । जसको कारण सुनुवाइ समेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया