१६ मङ्सिर २०८०, शनिवार

१२ पार्टीको एकीकरण घोषणा

२०७४,आश्विन,२४,मंगलवार ११:०५

0
Shares

 काठमाडौं, २४ असोज । पूर्वगृहराज्यमन्त्री मोहमद रिजवान अन्सारी नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दलहरु समाहित भएको छ । मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना १२ वटा राजनीतिक दलबीच एकता भएको घोषणा गरिएको छ । एकीकरण घोषणा कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले आफूहरु तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताए । उनले नेपाललाई ठूला दलहरुले राजनीतिक प्रयोगशाला मात्र बनाउने गरेको आरोप लगाए । उनले अहिले मुलुकमा देखिएको दुईवटा धार शेरबहादुर देउवाको लोकतान्त्रिक गठबन्धन र केपी शर्मा ओलीको वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेयी दुई धारले मुलुकलाई निकास दिन सक्दैन । उनले भने, हामीले वैकल्पिक शक्तिकारुपमा आफ्नो अभियान अगाडि बढाएका छौं । एकीकृत पार्टीको नाम नेपाल संघीय समाजवादी पार्टी रहने बताईएको छ । पार्टीको केन्द्रीय समिति बढी एक सय सम्म रहने जनाइएको छ । आसन्न निर्वाचन अगावै अन्य दलहरुसँग पनि एकीकरण हुने जनाइएको छ । नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्टिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्टिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्चबीच एकीकरण भएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । शनीबार कांग्रेस लुम्बिनी

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले मध्यावधि निर्वाचनको कुरा उठ्नुमा वर्तमान राजनीतिक सकस एउटा कारण रहेको बताएका छन्। त्यो सकसको

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् । आज बेल्को होम अप्लायन्सेसको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् ।

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३