यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
598
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिबार)का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ५० पैसा र बिक्रीदर १३८ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यता मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५७ पैसा साथै बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१६.४७ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?