एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
689
Shares

काठमाडौं । आज (बिहीबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार एकैदिन सुन प्रतितोला एक हजार ३ सय रुपैयाँले महँगिएको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापवाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, केही दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदीकाे मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?