न्युजिल्याण्ड पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा

लोकपथ
481
Shares

काठमाडौं । न्युजिल्याण्ड पहिलो पटक आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल प्रवेश गरेको हो ।

१ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे ।

डेभोन कानवेले ४६, जेम्स निसामले २७ रन बनाए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहेन । इङ्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट हात पारे ।

यसअघि, दुबईको अबुधाबीमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

फाइनल खेलमा अब न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?