मिर्गौलाको बायोप्सी नेपालमा

लोकपथ
130
Shares

अब नेपालमा नै मिर्गौलाको बायोप्सीको परीक्षण नियमित हुने भएको छ । ‘प्रथम प्याथोलोजी ल्याब’ले मिर्गौला बायोप्सीको परीक्षण सुरु गरेसँगै नेपालमा पहिलोपटक नियमित बायोप्सीको परीक्षण हुने भएको हो ।

यसअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बायोप्सी परीक्षणको सुविधा भए पनि नियमित परीक्षण नगर्दा नेपालका सबै मिर्गौला बिरामीको बायोप्सीको नमूना परीक्षण गर्नका लागि भारत पठाइने गरिन्थ्यो । भारत पठाउन रु छ हजार लिने गर्दथ्यो तर ‘प्रथम प्याथोलोजी ल्याब’ले रु पाँच हजार ५०० मा नै बायोप्सीको परीक्षण गर्न थालेको छ । आजदेखि सञ्चालनमा आएको ल्याबको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)की डीन प्रा डा दिव्या सिंहले उद्घाटन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?